कोइराला परिवारबाट फर्काइएको जग्गामा पार्किङ स्थल बनाइने

कास्की | असार २१, २०७९

कोइराला परिवारबाट फर्काइएको जग्गामा पार्किङ स्थल बनाइने

कास्की:  गतहप्ता कास्की जिल्ला अदालतले पोखरा उपत्यका नगर विकास समितिको पक्षमा फैसला गरेको जग्गा संरक्षणको काम थालेको छ ।  जिल्ला अदालत कास्कीको यही असार १३ गतेको फैसलाबाट समितिलाई प्राप्त भएको पोखरा–९ न्यूरोडको ५ रोपनी ४ आना जमिन समितिले संरक्षणको काम थालेको हो ।

 

सो जमिनमा बनेका संरचनाबाहेकका क्षेत्र सम्याएर संरक्षणको काम थालिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका सदस्य सचिव बलराम रिज्यालले बताए । उनका अनुसार सो जमिन  तत्कालका लागि पार्किङ प्रयोजनका लागि संरचनाबाहेकको जमिनलाई सम्याइएको हो । 

 

‘सम्मानित अदालतको फैसलाबमोजिम प्राप्त जमिनमा रहेका संरचना हटाउन ३५ दिनको समय दिएका छौँ । बाँकी रहेको जमिनमा  डोजर लगाएर सम्याउने काम गरेका छौँ । जमिन तत्कालका लागि पार्किङ प्रयोजनका लागि प्रयोग हुन्छ ।’ उनले भने ।

 

महानगर प्रमुख धनराज आचार्यले गत साता उपत्यका नगर विकास समितिको अध्यक्षमा पदभार ग्रहण गर्दै पोखरा उपत्यका नगर विकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भनेर एक महिनाभित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए । समितिको पहिलो बैठकले जिल्ला अदालत कास्कीको फैसला अनुरुप उपत्यका नगर विकास समितिको ठहर्ने फैसलाबाट प्राप्त जमिन सार्वजनिक हितका लागि प्रयोग गर्न खाली गराउने निर्णय गरेको थियो ।

 

सो जमिन चिप्लेढुङ्गादेखि सभागृह अन्तर्गत सडक निर्माणका लागि विसं २०३२ मा तत्कालीन पोखरा नगर योजना कार्यान्वयन समितिले ४१ जना स्थानीय जग्गाधनीहरूबाट कबुलियतनामा गराई अधिग्रहण गरेको जग्गामध्ये समितिको नाममा आउन बाँकी जग्गा होे ।

 

जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सोही जग्गामा पोखरा उपत्यका नगर विकास समितिको दाबी पुग्ने फैसला गरेको थियोे । पोखरा–४ का कोइराला परिवारले वर्षाैवर्षदेखि सो जग्गाको तिरो तिर्दै आएको र लालपुर्जा समेत आफ्नो नाममा रहेको दाबी गर्दै आएका छन् । 
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्